दफा २५
प्रसूति बिदा

(१) प्रधान न्यायाधीश वा न्यायाधीश गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी अण्ठानब्बे दिन प्रसूति बिदा लिन पाउनेछ ।

(२) उपदफा (१) बमोजिम प्रसूति बिदा लिएका प्रधान न्यायाधीश वा न्यायाधीशले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म वेतलवी प्रसूति बिदा लिन सक्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको बिदा लगातार रूपमा लिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम वेतलवी बिदामा बसेको अवधि सेवा अवधिमा जोडिनेछ ।

(५) उपदफा (१) बमोजिमको प्रसूति बिदामा बस्दा प्रधान न्यायाधीश वा न्यायाधीशले पूरा पारिश्रमिक पाउनेछ ।

(६) प्रसूति बिदा लिएको अभिलेख सर्वाेच्च अदालतले राखी त्यसको जानकारी न्याय परिषद्लाई गराउनु पर्नेछ ।